१२ वर्षदेखि विश्वकप क्रिकेटमा पहिलो जितको प्रतीक्षा गरिरहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले अन्ततः ऐतिहासिक सफलता हात पारेको छ। स्कटल्याण्डविरुद्धको खेलमा सात विकेटको प्रभावशाली जित निकाल्दै नेपालले प्रतियोगितामा पहिलो पटक विजयी स्वाद चाखेको हो। टस जितेर पहिले बलिङ रोजेको नेपालले अनुशासित र आक्रामक प्रदर्शन प्रस्तुत गर्यो। स्कटल्याण्डको राष्ट्रिय क्रिकेट टिमलाई १७१ रनमा सीमित गर्न नेपाली बलरहरूले […]