काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् ।
गएराति भएको खेलमा लिभरपुल र चेल्सीले एक/एक गोलको बराबरी खेलेका हुन् । खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका मोहमद सलाहले पेनाल्टीमा गोल गरे । चेल्सीका डिफेन्डर रिस जेम्सले हातले बल रोकेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।
रेफ्रीले जेम्सलाई रातो कार्ड दिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।