परीक्षा हुनु केही दिनअघिदेखि नै विद्यार्थीहरू तयारीमा लाग्छन् । पढाइको तयारी मात्रै होइन, व्यक्तिगत पोशाकका कुरादेखि लेख्ने सामग्रीसम्मको जोहो गर्छन् ।
तर भारतको गुजरातमा एक महिला विवाहका दिन बेहुलीकै पोशाकमा परीक्षा हलमा प्रवेश गरेको पाइएको छ ।
गुजरातको राजकोटमा विवाहकै दिन परीक्षा समयमा ती महिला कलेज पुगेकी थिइन् । परीक्षा दिइसक्ने बित्तिकै उनले विवाह मण्डपमा बस्ने समय मिलाइएको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार शिवांगी नामक ती महिला स्नातक तहकी विद्यार्थी हुन् । उनले बिहान परीक्षा दिएर दिउँसो बिहे गर्नुपर्ने थ...