कैलालीका स्थानीय तह आगामी वर्षका लागि योजना छनोटमा जुटेका छन् । असारमा नगर तथा गाउँसभामार्फत बजेट ल्याउन स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् । योजना छनोटका लागि बस्तीस्तर, गाउँ र वडामा भेला गर्न नसक्ने अवस्था भए पनि नागरिकसँग सुझाव लिने कार्य थालेका छन् ।