विवाह बन्धनमा बाँधिइन् ‘मै पनि एमाले, सही पनि एमाले’की गायिका

गायिका प्रिया भण्डारी विवाह बन्धनमा बाँधिएकी छिन् । स्थायी घर पाल्पा भएका प्रभात अधिकारीसँग भण्डारीले आइतवार बुटवलमा विवाह गरेकी हुन् । अधिकारी अमेरिका बस्छन् । २०७४ सालको चुनावको पूर्व सन्ध्यामा ‘मै पनि एमाले, सही पनि एमाले’ बोलको गीत गाएर भण्डारी एकाएक चर्चामा आएकी थिइन् ।  पछिल्लो पटक एमालेका ठूला कार्यक्रममा भण्डारीले गीत गाउँदै आएकी थिइन् ।  नेकपा विभाजनको समयमा भण्डारीले नै ‘अभियान छोडेर नजाऊ साथी हो, एकता तोडेर नजाऊ साथी हो’ बोलको गीत गाएकी थिइन् ।  ...