नबिल ब्यालेन्सड् फण्ड २ को प्रतिइकाई खुद मूल्य माघमा घट्यो

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड २ को प्रतिइकाई खुद सम्पत्ति मूल्य पुसको तुलनामा माघमा घटेको छ । पुस मसान्तसम्म १० रुपैयाँ ३१ पैसा रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य माघ मसान्तसम्म भने १० रुपैयाँ १५ पैसा कायम भएको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ११ करोड २० लाख इकाई जारी गरेको थियो । माघ मसान्तसम्म योजनाको कुल लगानी मूल्य १ अर्ब १० करोड रुपैयाँभन्दा बढी छ । यस अवधिसम्म योजनाको बैंक मुद्दति निक्षेपमा लगानी देखिएको छैन । धितोपत्रमा मात्र योजनाको लगानी देखिएको हो । योजनाले यस अवधिसम्म धितोपत्र दलाल कमिसनसहित धितोपत्रमा गरेको लगानीको परल मूल्य भने १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी छ । योजनाको परल मूल्यभन्दा बजार मूल्य कम भएको छ । माघ मसान्तसम्म योजना १ करोड २७ लाख रुपैयाँभन्दा बढी नाफामा छ । यो नाफा पुस मसान्तसम्म ३ करोड ९ लाख रुपैयाँभन्दा बढी थियो । पुसको तुलनामा माघमा योजनाको नाफा कम भएको हो । माघमा योजनाको जम्मा आम्दानी घटेको र खर्च बढेकाले नाफा घट्न पुगेको हो । पुस मसान्तसम्म ४ करोड १४ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको कम्पनीले माघ मसान्तसम्म २ करोड ४८ लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो । खर्च भने पुसमा १ करोड ४ लाख रुपैयाँभन्दा बढी रहेकोमा माघमा १ करोड २१ लाख रुपैयाँभन्दा बढी भएको छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित सामग्री

नबिल म्युचुअलका चारओटै फण्डको न्याभ घट्यो

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड, नबिल ब्यालेन्सड् फण्ड २, नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्सड् फण्ड ३ ले भदौको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार फण्डको यी चारओटै फण्डको न्याभ साउनको तुलनामा भदौमा घटेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ साउन मसान्तमा १० रुपैयाँ ६१ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ २९ पैसा कायम भएको हो । नबिल फ्लेक्सी क्याप फण्डको न्याभ साउन मसान्तमा ९ रुपैयाँ ६९ पैसा रहेकोमा भदौ मसान्तमा ९ रुपैयाँ ५६ पैसा कायम भएको छ । त्यस्तै नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ साउन मसान्तमा ८ रुपैयाँ ९० पैसा रहेकोमा भदौ मसान्तमा ८ रुपैयाँ ७६ पैसामा झरेको हो । नबिल इक्वीटी फण्डको न्याभ साउन मसान्तमा १० रुपैयाँ ५८ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ ४४ पैसा कायम भएको छ । यस फण्डले भदौ मसान्तसम्ममा रू. ४ करोड ५६ लाख नोक्सानी व्यहोरेको छ । साउन मसान्तमा पनि रू. २ करोड ८५ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी साउनको तुलनामा भदौमा बढेको छ । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६६ करोड ५१ लाख लगानी गरेको छ ।  नबिल ब्यालेन्सड् फण्ड ३ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७० करोड २१ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तसम्ममा रू. ७२ करोड ३२ लाख थियो । त्यस्तै यस फण्डको पनि नोक्सानी साउनको तुलनामा भदौमा बढेको छ । साउन मसान्तमा फण्ड रू. ३ करोड २ लाख नोक्सानीमा रहेकोमा भदौ मसान्तमा बढेर रू. ४ करोड ७७ लाख पुगेको हो ।   नबिल फ्लेक्सी क्याप फण्ड पनि भदौ मसान्तमा रू. १ करोड ६७ लाख नोक्सानीमा छ । भदौमा पनि फण्ड रू. १ करोड ३ लाख नोक्सानीमा थियो । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २४ करोड ४७ लाख लगानी गरेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७९ करोड ६९ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा रू. ८१ करोड ९३ लाख थियो । यस फण्डले भदौ मसान्तसम्ममा रू. ७ करोड ८७ लाख नोक्सानी व्यहोरेको छ । साउन मसान्तमा पनि फण्ड रू. ४ करोड २९ लाख नोक्सानीमा थियो ।  नबिल इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल ब्यालेन्सड् फण्ड ३ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल ब्यालेन्सड् फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

नबिल म्युचुअलका चारओटै फण्डको न्याभ घट्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड, नबिल ब्यालेन्सड् फण्ड २, नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्सड् फण्ड ३ ले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी चारओटै फण्डको न्याभ असारको तुलनामा साउनमा घटेको छ ।  नबिल इक्वीटी फण्डको न्याभ असार मसान्तमा १० रुपैयाँ ८१ पैसा रहेकोमा साउन मसान्तमा १० रुपैयाँ ५८ पैसामा झरेको हो । त्यस्तै नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ असार मसान्तसम्ममा १० रुपैयाँ ९९ पैसा रहेकोमा साउन मसान्तमा बढेर १० रुपैयाँ ६१ पैसा कायम भएको छ । नबिल फ्लेक्सी क्याप फण्डको न्याभ साउन मसान्तमा ९ रुपैयाँ ६९ पैसा पुगेको छ । यस फण्डको न्याभ असार मसान्तमा भने ९ रुपैयाँ ९० पैसा थियो ।  त्यस्तै नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ असार मसान्तमा ९ रुपैयाँ १४ पैसा रहेकोमा साउन मसान्तमा घटेर ८ रुपैयाँ ९० पैसा कायम भएको हो । यो फण्ड साउन मसान्तसम्ममा रू. ३ करोड २ लाख नोक्सानीमा छ । असार मसान्तमा भने फण्ड रू. ७ करोड १४ लाख नाफामा थियो । साउनमा फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । यो फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७२ करोड ३२ लाख लगानी गरेको छ ।  नबिल फ्लेक्सी क्याप फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २३ करोड ६० लाख लगानी गरेको छ । यो लगानी असार मसान्तमा भने रू. २० करोड ४९ लाख थियो । त्यस्तै फण्डको नोक्सानी असारको तुलनामा साउनमा बढेको छ । असार मसान्तसम्ममा फण्ड रू. ४३ लाख १५ हजार नोक्सानीमा रहेकोमा साउन मसान्तमा बढेर रू. १ करोडभन्दा बढी पुगेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ ले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८८ करोड १७ लाख लगानी गरेकोमा साउन मसान्तमा रू. ८१ करोड ९३ लाख गरेको हो । यो फण्ड असार मसान्तमा रू. १० करोडभन्दा बढी नाफामा भएकोमा साउन मसान्तमा भने रू. ४ करोड २९ लाख नोक्सानीमा रहेको हो ।  नबिल इक्वीटी फण्ड पनि साउन मसान्तमा रू. २ करोड ८५ लाख नोक्सानीमा छ । यो फण्ड असार मसान्तमा भने रू. ८ करोड ९९ लाख नाफामा थियो । यो फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ७१ करोड ६४ लाख लगानी गरेको छ ।  नबिल इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस नबिल ब्यालेन्सड् फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल ब्यालेन्सड् फण्ड ३ रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्