चीनले आफ्नो छिमेकी मुलुक श्रीलङ्कालाई कोरोनाभाइरस विरुद्ध लगाइने दोस्रो चरणको खोप पनि उपलब्ध गराएको छ । चीन सरकारले दिएको दोस्रो चरणको खोप बुधबार स्वदेश आइपुगेको श्रीलङ्काका अधिकारीले जानकारी दिएका छन् ।
कोरोनाभाइरस विरुद्ध प्रयोग हुँदै आएको सिनोफर्मा खोप दोस्रो चरण अन्तर्गत पाँच लाख मात्रा चीनले श्रीलङ्कालाई उपलब्ध गराएको हो । कोरोनाभाइरसको महामारी फैलिइरहेको श्रीलङ्कामा खोपको अभाव भइरहेका बेला चीनले दोस्रो पटक पनि खोप उपलब्ध गराएपछि ठूलो राहत महसुस भएको अधिकारीले जनाएका छन् ।