परीक्षण उडानको मुखैमा अर्थमन्त्रीले रोके गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम

अर्थ मन्त्रालयले पहिलो चरणको निर्माण सकिएर परीक्षण उडानको मुखैमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम रोकेको छ । पहिलो चरणको काम सकिएको र अब सञ्चालनमा नआएसम्म दोस्रो चरणको काम नगर्ने भन्दै अर्थले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति रोकेको हो ।विष्णु पौडेलको त्यो पूर्वसूचनाएमाले उपाध्यक्ष विष्णु पौडेलले गत पौषमा गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको काम रोक्ने चलखेल भईरहेको विषय सार्वजनिक गरेका थिए । आफू अर्थमन्त्री हुँदा दोस्रो चरणको कामका लागि बजेट सुनिश्चित गरिसकेको भन्दै उनले काम रोक्न नहुने अडान राख्दै आएका छन् ।अहिले परीक्षण उडानको तयारीका लागि थाइल्याण्डको टोली भैरहवामा छ । उसले प्राविधिक विषयको जाँच बिहिबारबाटै थालिसकेको छ । अमेरिकन टोली आउने तयारी पनि भईरहेको छ ।तर, अन्तिम समयमा आएर दोस्रो टर्मिनल भवनका लागि अघिल्लो सरकारले गरेको तयारी छोडेर काम नै रोक्न लागिएको छ । अर्थमन्त्री जनार्दन शर्माले अहिले तत्कालै काम नगर्दा पनि हुने भएर काम रोकेको स्रोत बताउँछ ।विष्णु पौडेल पौडेल अर्थमन्त्री हुँदा गत जेठ १५ गते उनले प्रस्तुत गरेको बजेटमार्फत चालु आर्थिक वर्षमा गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणका लागि ३ अर्ब ५४ करोड विनियोजन गरिएको थियो ।डिजाइनमा त्रुटि भयो, अनि रोकियोगौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन (टी २), एप्रोन लगायतका पूर्वाधारको कामलाई दोस्रो चरण भनिएको छ । तर, नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोत भने दोस्रो चरणको डिजाइनमा त्रुटि देखिएकाले अर्थले काम रोक्न भनेको बताउँछ ।तर, काम सुरु गर्ने समयमा त्रुटिको हवाला दिँदै काम रोक्नुको पछाडी गलत नियम र मनशाय देखिएको प्राधिकरणकै अधिकारीहरु बताउँछन् । लगानी गर्न एडीबी तयारअर्थमन्त्री शर्माले मौखिक निर्देशनमा स्रोत सुनिश्चित भएको भनेपनि दोस्रो चरणको कामका लागि एसियाली विकास बैंक (एडीबी) ७ अर्ब लगानी गर्न तयार थियो ।२०७५ मा प्राधिकरणले अहिले बनेको १५ हजार वर्ग मिटरको टर्मिनल भवनबाट अन्तराष्ट्रिय उडानको व्यवस्थापन गर्न असजिलो हुने भन्दै नयाँ टर्मिनल भवन आवश्यक रहेको निष्कर्ष निकालेको थियो । सोही निष्कर्षका आधारमा अर्थले विमानस्थलको दोस्रो चरणको काममा सहयोग गर्न एडीबीसँग आग्रह गरेको थियो । एडीबीले ६४ मिलियन डलर (७ अर्ब ६३ करोड नेपाली रुपैयाँ) लगानी गर्ने सम्झौता पनि गरेको छ । विमानस्थलको निर्माणको काम सक्न लाग्ने कुल लागत ११ अर्ब ५७ करोड मध्ये एडीबीले ७ अर्ब खर्च गर्ने र बाँकी करिब ४ अर्ब नेपालले खर्च गर्नेगरी सम्झौता भएको थियो ।