लागु औषधसहित युवक पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका–१६ ईनर्वागाउँबाट प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवा घर भएका २६ वर्षीय अफरोज मियाँ अन्सारी छन् ।अन्सारीको साथबाट ६ सय एम्पुल लागु औषध इन्जेक्सन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओमप्रकाश खनालले रातोपाटीलाई बताए । आइतबार पक्राउ परेका अन्सारीको साथबाट प्रहरीले नुर्फिन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र फेनारगन २ सय एम्पुल बरामद गरेको छ ।पर्सा प्रहरीले आरोपीबिरुद्ध लागु

सम्बन्धित सामग्री

लागू औषधसहित एक युवक पक्राउ

खुशीमाया गुरुङ,लमजुङ । लमजुङ प्रहरीले लागु औषध सहित एक युवा पक्राउ गरेको छ । दुधपोखरी गाउँपालिका वडा नं। ५ जोर्नेका २८ वर्षिय कुमार गुरुङलाई प्रक्राउ गरेको हो । यहि बैशाख ७ गते ११ः३० बजेको समयमा शंकास्पद तरिकाले हिडेको अबस्थामा फेलापारी खानतलासी गर्दा निजलाई लागु औषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरीको टोलीले गुरुङको […]

सप्तरीमा लागु औषधसहित एक युवक पक्राउ

सप्तरी प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ का माधव नेपालका २० वर्षीय छोरा सुजन नेपाल रहेका प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीको मातहतमा रहेको प्रहरी चौकी फत्तेपुरबाट खटिएका गस्ती टोलीले सप्तकोसी  नगरपालिका–९ बस पार्कबाट नेपाललाई लागु औषधसहित पक्राउ परेको हो। उनको साथबाट लागु औषध निट्रोसन आर  ८४ चक्की (ट्याब्लेट) बरामद गरेको प्रहरीको दाबी छ । पक्राउ परेको नेपालमाथि थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय

लागु औषधसहित एक युवक पक्राउ

खुशीमाया गुरुङ, लमजुङ  । लमजुङ प्रहरीले लागु औषध सहित एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुधपोखरी गाउँपालिका वडा नं. ५ का २३ वर्षीय विधान गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङलाई  जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोलीले बेसीसहर नगरपालिका ७ सेरा बजारबाट सोमवार दिउसो १२ः १३ बजेको समयमा लागु औषधसहित पक्राउ गरेको  हो […]

लागुऔषधसहित वीरेन्द्ररनगरबाट दुई युवक पक्राउ

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–६ शनिहल लाइनस्थित एसके मोबाइल मर्मत केन्द्रबाट लागु औषध बरामद गरेको छ । ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको टोलीले आइतबार लागु औषधसहित मोबाइल मर्मत केन्द्रका सञ्चालक २७ वर्षीय सुनिल खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं […]

लागुऔषधसहित दुई युवक पक्राउ

प्रहरीले ठूलो मात्रामा लागु औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले दुई युवालाई पक्राउ गरेको हो ।

लागुऔषधसहित दुई युवक पक्राउ

प्रहरीले ठूलो मात्रामा लागु औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले दुई युवालाई पक्राउ गरेको हो ।

खैरो हेरोइनसहित भारतीय युवक पक्राउ

पर्साको वीरगञ्जबाट प्रहरीले लागु औषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीया संजय बानियाँ छन् । बानियाँ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ संगमचोकमा बस्दै आएका छन् ।लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले उनको साथबाट ३ ग्राम ७ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ बाट पक्राउ गरेर उनीबारे अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

सर्लाहीबाट लागु औषधसहित युवक पक्राउ

सर्लाहीको धनकौला गाउँपालिका–१ स्थित सेखौनाबाट सशस्त्र प्रहरीले लागु औषधसहित १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सेखौना घर भएका ३० वर्षीय जयकिशोर सिंह छन् । जयकिशोरको साथबाट ३ सय ७१ बोत्तल कोडील नामक लागु औषध बरामद गरिएको सशस्त्र प्रहरीबल प्रधान कार्यालयले जनाएको छ ।ना.१ब २२१२ नम्बरको मोटरसाईकलमा सवार सिंहलाई सशस्त्र प्रहरी बल सुरक्षा वेश मनुषमाराबाट खटिएको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो । मोटरसाइकल समेत बरामद गरेर उनलाई थप अनुसन्धान र कारवाहीका लागी स्थानीय प्र

वीरेन्द्रनगरबाट लागु औषधसहित १ युवक पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागु औषध (ब्राउनसुगर) सहित एकजना पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर ५ चिसापानी बिहानी टोलबाट २० बर्षीय अर्जुन सुनारलाई पक्राउ गरेको हो ।सडकमा शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा सुनारको शरीर खानतलासी गर्दा ११० मिलि ग्राम लागुऔषध (ब्राउनसुगर) बरामद गरिएको सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । पक्राउ परेका अर्जुन सुनार माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लागु औषधसहित एक युवक पक्राउ

लागु औषधको प्रयोगले आउँदो मंसिर २१ हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रभाव पार्न सक्ने अवस्थालाई ध्यानमा राख्दै ईलाका प्रहरी कार्यालय वर्दिवासले लागु औषधविरुद्ध अभियान सुरु गरेको छ । लागु औषध नियन्त्रण अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय बर्दिबासले सक्रियता बढाएको बर्दिबासका प्रमुख डिएसपी प्रविण पोख्रेलले बताए । अभियानको क्रममा प्रहरी चौकी हाथिलेटबाट खटिएको टोलीले बर्दिबास नगरपालिका –८ स्थित मिलन चोकबाट लागु औषधसहित एक युवकलाई पक्राउ गरिएको छ ।