काठमाडौं । फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ । ब्रान्डवर्थ प्रा.लि.को आयोजनामा आगामी जेठ २० गते शुक्रबार इकोनोमी कन्क्लेभ हुन लागेको हो ।
कोभिड १९ पछि नेपालीहरू डिजिटल प्रविधिका अनेकौँ आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेसनतर्फ फड्को मारिरहेको विषयलाई मध्येनजर गर्दै कन्क्लेभको आयोजना गर्न लागिएको जनाइएको छ...