ग्लोबल आइएमई समुन्नत स्किमसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

वैशाख २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२२ ओटा धितोपत्रमध्ये पाँँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । ग्लोबल आइएमई समुन्नत स्किम १, सानिमा इक्वीटी फण्ड, एनएमबि हाईब्रिड फण्ड एल १,प्रभु सेलेक्ट फण्ड र एनआइबिएल प्रगति फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नत स्किम १ को ३ लाख ५५ हजार ९८७ इकाई खरीद माग रहेको छ ।  त्यसैगरी सानिमा इक्वीटी फण्डको २ लाख ६१ हजार २७९ इकाई,एनएमबि हाइब्रिड फण्डको २ लाख ६ हजार ३५२ इकाई,प्रभु सेलेक्ट फण्डको १ लाख ६४ हजार ७१५ इकाई र एनआइबिएल प्रगति फण्डको १ लाख ५२ हजार ७०० इकाई खरीद माग रहेको छ ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २३ दशमलव १७ अंक घटेर २ हजार २८४ दशमलव २८ विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू. ७० करोड १६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।   

सम्बन्धित सामग्री

ग्लोबल आइएमई क्यापिटलको एकीकृत कारोबार सुरु

ग्लोबल आइएमई क्यापिटल र बैंक अफ काठमाडौं (बिओके) क्यापिटल मार्केट एक आपसमा गाभिएर ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबारको औपचारिक शुभारम्भ गरिएको छ।...

ग्लोबल आइएमई र बीओके क्यापिटलको एकीकृत कारोबार सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भएका छन् । मर्जपछि ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिक शुभारम्भ भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि […]

ग्लोबल आइएमई बन्यो देशकै सबैभन्दा ठूलो बैंक

ग्लोबल आइएमई बैंक लिमिटेड देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । पुँजी तथा व्यवसायको आकारका हिसाबले ग्लोबल आइएमई नेपालकै सबैभन्दा ठूलो बैंक बनेको हो । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू...

ग्लोबल आइएमई बैंकको कारोबार २ दिन बन्द

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडूबीच मर्जर भएपछि आगामी पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ।...

बुटवलमा ग्लोबल आइएमई बैंकको एटिएम

ग्लोबल आइएमई बैंक देवीनगर शाखाले दोश्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ।

ग्लोबल आइएमई बैंकको सेवा विस्तार

ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा सञ्चालनमा ल्याएको छ।

ग्लोबल आइएमई र कामना सेवा विकास बैंकबीच समझदारी

कामना सेवा विकास बैंकलाई ग्लोबल आइएमई बैंकले गैरकोषमा आधारित बैंकिङ सुविधा दिने भएको छ । ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर...

बिरुवाटारमा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखाको पालुङटार नगरपालिका, वडा नम्बर ७, बिरुवाटारमा काउन्टर सञ्चालनमा ल्याएको छ।...

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा बचततर्फ ४.५ प्रतिशत मुद्दतितर्फ ९.३६ प्रतिशत ब्याज प्राप्त हुनेछ ।यसैगरि हाइब्रिड बचत खातामा १ लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतिमा परिणत हुने सुविधा रहेको छ । यस बचत खाताको समयावधी ग्राहकहरुको इच्छा अनुसार १ वर्षदेखि ५ वर्षसम्मको रहनेछ भने मुद्दतिमा परिणत भएको रकमको ब्याजदर बैंकले मुद