श्रीलंकामा नयाँ वर्ष मनाउन स्वास्थ्य मापदण्ड सार्वजनिक
श्रीलंकाका सेना प्रमुख शभेन्द्र सिल्भाले नयाँ वर्ष मनाउँदा कोरोना भाइरसबाट जोगिन अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड ख्याल गर्न आग्रह गरेका छन् । दक्षिण एसियालगायत एसियन देशमा कोरोना भाइरसको महामारी फैलिँदै गइरहेका कारण...
स्थानीय नयाँ वर्ष मनाउदा कोरोना भाइरसबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड ख्याल गर्न श्रीलङ्काका सेना प्रमुखले आह्वान गरेका छन् ।
कोरोनाभाइरसको महामारी फैलिँदै गइरहेका बेला श्रीलङ्कामा नयाँ वर्ष मनाउन लागिएकाले ख्याल गर्न सेना प्रमुख शभेन्द्र सिल्भाले सोमबार आह्वान गरेका हुन् ।
उनले स्थानीय नयाँ वर्ष मनाउने बेलामा आपनाउनु पर्ने आठ निर्देशिका सरकारले जारी गरेको उल्लेख गर्दै त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
श्रीलङ्कामा आगामी मङ्गलबार र बुधबार सिन्हाला र तमिल नयाँ वर्ष मनाइँदै छ । नयाँ वर्ष मनाउने क्रममा शुभकाम...