काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्ध लक्षित समूहलाई बुस्टर डोज लगाउने कार्यक्रम स्थगित गरेको छ। आजै (मंगलबार)देखि सुरु भएको उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७८ पौष १९ गते केही लक्षित वर्गका लागि कोभिड १९ विरुद्धको खोपको थप मात्रा दिनेबारे जारी […]