निषेधाज्ञामा सुनसान बैतडी (फोटो फिचर)

बैतडी : कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा लागू गरिएको निषेधाज्ञाको पहिलो चरण आइतबारदेखि सकिएको छ। संक्रमणको दर नरोकिएपछि निषेधाज्ञा १७ गतेसम्म लम्ब्याएको छ। बैशाख २० गतेदेखि जारी निषेधाज्ञाका कारण जिल्लाका सबै बजार क्षेत्रहरु सुनसान छन्। बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्न, फलफूल र तरकारीका पसल खोल्न दिइए पनि बाँकी समय सबै क्षेत्र सुनसान छ। जिल्ला सदरमुकाम गोठालापानी, शाहिलेक देहिमाडौं, मुस्याचौर, सतबाँझ, धर्मघर, सिल्लेगडा, खोचलेक, पाटन, खोडपेलगायतका बजारहरु सुनसान छन्। अत्याव...