कतारमा पाँच दिनमा दुई नेपालीले ज्यान गुमाए

पाँच दिनको अवधिमा कतारमा खोटाङका दुई युवाको मृत्यु भएको छ। रोजगारीका सिलसिलामा कतारमा पुगेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोडेडाँडाका २१ वर्षीय मानबहादुर कट्वालको असार २० गते र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय सर्वधन सुनुवारको असार २५ गते मृत्यु भएको हो।