सिन्धुपाल्चोकका नौ स्थानीय तहमा निषेधाज्ञा जारी

सिन्धुपाल्चोक । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै सिन्धुपाल्चोकका नौ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तीन नगरपालिकासहित ६ गाउँपालिकामा निषेधाज्ञा गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, मेलम्ची नगरपालिका, बलेफी गाउँपालिका, सुनकोशी गाउँपालिका, भोटेकोशी गाउँपालिका, हेलम्बु गाउँपालिका, जुगल गाउँपालिका, लिसङ्खुपाखर गाउँपालिकाका केही क्षेत्रमा वैशाख २३ देखि वैशाख ३१ सम्म निषेधाज्ञा जारी गरिएको छ ।चौतारा साँगाचोकगढी

सम्बन्धित सामग्री

संक्रमण दर कम भएसँगै काभ्रे प्रशासनले आइतवारदेखि दैनिक सेवा शुरु गर्ने

असोज ५, काभ्रेपलाञ्चोक ।जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो आइतवारदेखि सबै स्थानीय तहका नागरिकलाई दैनिक सेवा प्रदान गर्ने भएको छ ।  कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको पालना गर्ने क्रममा भीडभाड कम गर्न स्थानीय तहमा अनुसार सेवामा पालो–प्रणाली लागू गर्दै आएको थियो । कोरोना संक्रमणको जोखिम कम हुँदै गएकाले आउँदो आइतवारदेखि पालो–प्रणाली हटाई दैनिक सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनका अनुसार कार्यालयमा भीडभाड कम भएको हालको अवस्थामा कोरोना संक्रमणदर घटिरहे पनि सेवाग्राहीले स्वास्थ्य, सुरक्षाका मापदण्ड भने अपनाउनु पर्नेछ । काभ्रेपलाञ्चोकमा छ नगर र सात गाउँपालिका छन् । कार्यालयले हाल जिल्लामा १० दिन ‘मिक्स लकडाउन’ थपेको थियो । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणदर बढ्दै गएपछि गत जेठको विभिन्न मितिमा जिल्लाका आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो । यसैबीच काभ्रपलाञ्चोकको चार स्थानीय तह कोरोना संक्रमणमुक्त भएको छ । कोरोना संक्रमणमुक्त हुनेमा रोशी, तेमाल, खानीखोला र महाभारत गाउँपालिका छन् ।  हाल चौँरीदेउरालीमा एक र मण्डनदेउपुर नगरपालिकामा दुई संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी) ले जानकारी दिएको छ । केन्द्रका अनुसार शनिबार र आइतबार दुई दिन जिल्लामा थप संक्रमण नदेखिए पनि पछिल्लो २४ घण्टामा ३४ संक्रमित थपिएका छन् । सोमवार १४, आइतवार २६ र शनिवार १५ संक्रमित संक्रमणमुक्त भएको केन्द्रले जानकारी दिएको छ । जिल्लामा हाल १२१ सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा ३५, पाँचखालमा २१, धुलिखेलमा १८, पनौतीमा १७, नमोबुद्धमा १५ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा पाँच संक्रमित रहेका छन् ।  जिल्लामा हालसम्म १४ हजार ४९६ मा संक्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । हालसम्मका कुल संक्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार १८३ संक्रमणमुक्त भइसकेका छन् । रासस