ताइवान मुद्दामा ‘आगोले नखेल्न’ अमेरिकी समकक्षी बाइडेनलाई चिनियाँ राष्ट्रपति सीको चेतावनी

चिनियाँ राष्ट्रपति सी जिन पिङले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ताइवानको मुद्धामा ‘आगोले नखेल्न’ चेतावनी दिएका छन्। ताइवानको स्वतन्तता सम्बन्धी मुद्धालाई अमेरिकाले उचाल्न खोज्नु दुर्भाग्यपूर्ण हुने राष्ट्रपति सीको भनाइ छ। भर्चुअल माध्यमबाट भएको दुई वटा शक्ति राष्ट्रका कार्यकारी प्रमुखबीच भएको यस छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ। बाइडेनले गत जनवरीमा पद सम्हालेयता सीसँग गम्भिर भएर छलफल गरेका हुन्। […]