फाइजरको खोप राख्न भण्डारण कक्ष बनाउन सुरु

काठमाडौं : एक लाख मात्रा फाइजर खोप राख्न ४ वटा रेफ्रिजरेटर आइपुगेसँगै भण्डारण कक्ष तयार पार्न थालिएको छ। कोभ्याक्सअन्तर्गत युनिसेफले उपलब्ध गराएका ती फ्रिज हिजो नेपाल आइपुगे पनि सरकारलाई हस्तान्तरण भने भइसकेको छैन।कोरोनाविरुद्ध फाइजरका खोप सेप्टेम्बरमै आइपुग्नुपर्ने भए पनि खोप राख्ने फ्रिज नेपालमा नभएका कारण ढिलाइ भइरहेको छ। फाइजरका खोप माइनस ८० डिग्री सेल्सियसमा राख्नुपर्ने भएकाले त्यति तापक्रममा भण्डारण गर्नसक्ने फ्रिज नेपालमा नभएकाले युनिसेफले उपलब्ध गर