युरोपेली आयोगद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव

युरोपेली आयोगले बुधबार युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले  सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा दबाब बढाउने बताएकी छन् ।‘रुसले युक्रेनमा मृत्यु र विनाशको शृङ्खला जारी राखेको छ। यसले जाडो यामको सुरुमा युक्रेनलाई  ऊर्जाविहीन बनाउने उद्देश्यले नागरिक पूर्वाधारलाई जानाजानी निशाना बनाएको छ। हामी युक्रेनको पक्षमा उभिरहेका छौं र हामी रुसलाई यसको क्रूरताको लागि  जवाफ दिँदैछौँ’ उ