राष्ट्रपतिको कदमको विरोधमा जनकपुरमा चक्काजाम

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोसपाले जनकपुरमा चक्काजाम गरेको छ । लोसपाले जनकपुरको  प्रवेश चौक र पिडारीमा चौकमा चक्काजाम गरेको हो ।  लोकतान्त्रिक युवा सङ्घका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।  त्यस्तै लोसपाले राष्ट्रपतिको राजीनामा समेत माग गरेको छ […]

सम्बन्धित सामग्री

राष्ट्रपतिको कदमको विरोधमा जनकपुरमा चक्काजाम

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोसपाले जनकपुरमा चक्काजाम गरेको छ । लोसपाले जनकपुरको  प्रवेश चौक र पिडारीमा चौकमा चक्काजाम गरेको हो । लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । त्यस्तै लोसपाले राष्ट्रपतिको राजीनामा समेत माग गरेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरूले आन्दोलनको चेतावनी दिइरहेका छन् ।

सीटीईभीटीले परीक्षा स्थगित गरेको भन्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम, १३ माघ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले परीक्षाहरू स्थगन गरेपछि विद्यार्थीहरु विरोधमा उत्रिएका छन् । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सिटिइभिटिले परीक्षा स्थगित गरेपछि बिहीबार जनकपुरधाममा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् । विद्यार्थीहरुले आज रामानन्द चोकमा केहीबेर चक्काजाम गरेका हुन् । उनीहरूले समयमै परीक्षा नलिएर आफूहरूको भविष्यसँग खेलबाड गरेको आरोप लगाएका […]