काठमाण्डाै – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विनोद चौधरीले देशको अर्थतन्त्र गम्भीर स्थितिमा रहेको बताउनु भएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद चौधरीले कोराेना महामारी र पछिल्लो समय युक्रेन र रसियाको युद्ध जस्ता कुराले देशको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको बताउनु भयो । उहाँले बजेटको बेला मात्रै अर्थतन्त्रबारे छलफल गर्ने तर अन्य समयमा गम्भीरतापूर्वक छलफल नगर्ने मानसिकता रहेको...