काठमाडौं- वि.स. २०८१ मा सुरक्षण मुद्रणसम्बन्धी ऐन लागू भएपछि सरकारले सरकारी कार्यालयको सम्पूर्ण छपाइ सुरक्षण मुद्रण केन्द्रबाटै हुनुपर्ने निर्देशन दियो । सोअनुरूप यातायात व्यवस्था विभागले ठूलो मात्रामा छाप्दै आएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको काम पनि केन्द्रले नै गर्नुपर्ने हो । यद्यपि ऐन कार्यान्वयन हुनुभन्दा करिब ८ वर्ष पहिले नै यातायात व्यवस्था विभागले प्रिन्टर खरिद […]