नुवाकोट। नुवाकोटका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन्। लगातारको सिमसिमे वर्षाका बीच पनि आज (मंगलबार) किसान धान काट्ने, चुट्ने र भित्र्याउने काममा जुटिरहेका छन्। चाडपर्वका कारण पाकिसकेको धान समयमै भित्र्याउन नपाउँदा बाला झुरिएर झर्ने अवस्था देखिएको र अझ ढिला गर्दा थप क्षति हुने चिन्ताले किसान वर्षालाई बेवास्ता गर्दै हतार-हतार धान भित्र्याउन व्यस्त भएका हुन्। कतिपय […]