महेन्द्रनगर । चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन खाद्यवस्तु र म्याद गुज्रेका वस्तुहरू बिक्री वितरण नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । बिहीबार साँझ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चाडपर्वका अवसरमा विशेष अनुरोधसहितको सूचना जारी गर्दै बडादसैँ, तिहार र छठ पर्वमा नागरिक, सरोकारवाला निकाय, कार्यालय, संघसंस्थालगायतले आफ्नो काम, […]