भोटेकोसी बाढी प्रभावित ७ ज्येष्ठ नागरिकलाई नेपाल सिनियर केयरद्वारा निःशुल्क सेवा

नुवाकोटको विदुर नगरपालिका–५ स्थित देविघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट ल्याइएका ती वृद्ध आमाबुबाहरूलाई नेपाल सिनियर केयरले गत भदौ १५ देखि असोज २६ गतेसम्म निःशुल्क आवास, स्वास्थ्य सेवा तथा दैनिक हेरचाह उपलब्ध गराएको थियो। सेवा अवधि पूरा भएसँगै सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरूलाई पुनः देविघाट आश्रममै फिर्ता पठाउन ससम्मान बिदाइ गरिएको हो।