काठमाडौँ । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ माग राखी ९ दिनदेखि आमरण अनसन बसेका डा.गोविन्द केसीलाई उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि धनगढीबाट श्री एयरलायन्सको नियमित उडानबाट बुधबार साँझ उनी काठमाडौँ आएका थिए। धनगढीमा अनसन बसिरहेको डा.केसीले आफ्नै खर्चमा केही स्वास्थ्यकर्मीसहित काठमाडौँ आएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। […]