स्वास्थ्यकर्मी सन्क्रमित भएपछि भरतपुर अस्पतालको सेवा बन्द

भरतपुर अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायत कर्मचारीहरु धमाधम संक्रमित हुन थालेपछि विशेष ओपिडी (जिओपिडी) र नियमित अप्रेशन (शल्यक्रिया) सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले एक सूचना प्रकाशित गरी जिओपिडी र नियमित अप्रेशन सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको हो ।