भारतीय सिनेम्याटोग्राफरले ‘ह्रस्व दीर्घ’ खिच्ने

काठमाडौँ– भारतीय फिल्मका सिनेम्याटोग्राफर कबीर लालले नेपाली फिल्म खिच्ने भएका छन् । उनलाई निता फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ डीओपीमा अनुबन्धित गरिएको छ । निर्माण कम्पनी र छायाँकार लालबीच गत आइतबार भर्चुअल माध्यममार्फत लिखित सम्झौता भएको निर्देशक चन्द्र पन्तले जनाएका छन् । उनले छायांकन गरेको पछिल्लो फिल्म ‘हिरोपन्ती २’ रिलिजको तयारीमा छ । […]