आयल निगमको अमलेखगन्ज डिपोमा संक्रमण सतर्कता

भारतबाट फर्किएका अधिकांश संक्रमित जिल्लामा बढेसँगै बारामा रहेको नेपाल आयल निगमको अमलेखगन्ज डिपोले उच्चसुरक्षा सतर्कता अपनाएको छ । पेट्रोलियम पदार्थ पेट्रोल लिन भारत जाने ट्यांकर चालक र डिपोका कर्मचारीलाई आयल निगम डिपो अमलेखगन्जले संक्रमण रोक्न सुरक्षाको सबै विधि अपनाएको छ । लकडाउन खुकुलो भएसँगै पेट्रोलियम पदार्थको माग बढदै जान थालेपछि दर्जनौं ट्यांकर भारतको बरौनी र रक्सौल जान थालेका छन् भने पाइपलाइनबाटै डिजल आउने हुँदा डिपोबाट पम्पहरूमा पठाउन थालेपछि टयांकरहरू भित्रने क्रम बढेपछि संक्रमणको सुरक्षामा कडाइ गरिएको हो ।