खोप कार्यक्रममा गरिब मुलुक छुटे कोरोना महामारी अन्त्य हुँदैन : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले असमान नीतिका कारण कोरोना खोप वितरण प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । असमान नीतिका कारण विश्वले ‘विपत्तिपूर्ण नैतिक विफलता’ को सामना गर्नुपर्नेे औंल्याएका हुन् ।