नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनमा सह–महामन्त्री पदमा मानबहादुर विश्वकर्माको दाबी रहेको छ । सह–महामन्त्री पदका आठवटा कलस्टरमध्ये विश्वकर्माले दलित तर्फ दाबी रहेको हो । दुई दशकदेखि काँग्रेस केन्द्रीय सदस्य रहेका विश्वकर्मा नेपाली काँग्रेसको ११औँ, १२औँ र १३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य थिए । त्यस्तै उनी पार्टीको भातृ संगठन नेपाल दलित संघको संस्थापक अध्यक्षसमेत हुन् । दुईपटक सांसद तथा पूर्ववातावरण, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका विश्वकर्मा पार्टीको नीति तथा