वीरगन्ज महानगरपालिकाले एकसय शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने

वीरगन्ज महानगरपालिकाले एक/एक सय शय्या क्षमताको अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने भएको छ । अस्पतालमा बिरामी भरिएकाले महानगरपालिकाले शुक्रबारदेखि अस्थायी कोभिड अस्पताल र आइसोलेशन सेन्टर सञ्चालन गर्न लागेको मेयर विजयकुमार सरावगीले जनाए ।