तनहुँ । जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तनहुँको म्याग्दे गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा चार दिन बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट सङ्क्रमित भई आइसोलेशनमा रहनुभएका जनप्रतिनिधि तथा कर्मचारीको सम्पर्कमा रहेकालाई थप सङ्क्रमण हुनबाट बचाउन गाउँपालिकाले चार दिन सेवा बन्द गर्ने निर्णय गरेको हो । माघ ९ गतेदेखि १२ गतेसम्म अत्यावश्यकबाहेकका […]