बलिउड अभिनेत्रीले ठूलो पर्दामा कम्ब्याक गरेकी छन् । करिब एक दशकपछि उनले स्क्रिनमा देखिएकी हुन् । हालै उनलाई ‘थलाइवी’ चलचित्रमा देखिएको थियो । भाग्यश्रीलाई अन्तिम पटक सन् २०१० मा ‘रेड अलर्ट : द वार विदइन्’ मा देखिएको थियो । कुनै जमानाको चर्चित अभिनेत्री आखिर किन एकाएक गायब बनिन् त ? हालै एक अन्तरवार्तामा भाग्यश्रीले आफू फिल्म नगरीबाट टाढा रहनुको कारण खुलाइन् ।भाग्यश्रीका अनुसार सन् २०१४–१५ मा टेलिभिजन शो ‘लौट आओ त्रिशा’ को सुटिङ चलिरहेको थियो ।