सिमकोट – उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारीको लिमीका तीन वटा गाउँका सेवाग्राहीले अघिल्लो आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता १७ महिना बित्नलाग्दासमेत पाउन सकेका छैनन्। विद्युतीय भुक्तानी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बैंकमा निकासा भएका कारण सेवाग्राहीहरुले भत्ता पाउन नसकेका हुन्। तील गाउँका सेवाग्राही कुन्ज्योक लामाले अघिल्लो एक वर्षको सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरे। लिमीका […]