रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । प्लान्टको एक कार्यक्रमकाबीच आज लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्घाटन गर्दै कोरोना महामारीमा आवश्यक अक्सिजन उत्पादन हुन नसक्दा धेरै समस्या आएकाले अहिले सरकारी अस्पतालहरुमा प्लान्ट स्थापना भइरहेको बताए ।प्लान्ट २ करोड ६० लाख लगानीमा स्थापना गरिएको हो । मन्त्री थारुले अहिले पनि कोरोना महामारीको अर्को लहर आउन सक्ने सम्भावना रहेकाले यसको निम्ति हरेक अस्पताल