म्याग्दीमा ६२ वर्षीयासँगै २२ सयभन्दा बढीले एसइई दिँदै

म्याग्दी : दुई वर्षपछि भौतिक उपस्थितिमा आज शुरु भएको एसइई परीक्षामा म्याग्दीबाट ६२ वर्षीयासँगै २ हजार २ सय ४५ जनाले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन्।म्याग्दीमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयबाट ६२ वर्षीया रेनु मल्लसहित अन्य ३ जना आमाले समेत एसइई दिएका हुन्। जिल्लामा कुल २ हजार २ सय ४५ जना परीक्षार्थीमध्ये छात्र १ हजार ९५ र छात्रा १ हजार १ सय ५० जना एसइईमा सहभागी छन्।उज्यालो वैकल्पिक विद्यालयबाट ६२ वर्षीया मल्लसहित ५५ वर्षीया योगमाया शर्मा, ५२ वर्षीया दिलशोभ

सम्बन्धित सामग्री

म्याग्दीमा एसइईका केन्द्राध्यक्षलाई नियुक्तिपत्र वितरण तथा अभिमुखीकरण

म्याग्दी । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीको आयोजनामा हिजो (मङ्गलवार) सदरमुकाम बेनीमा नियुक्तिपत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नजिकिएको माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०७९ सञ्चालन गर्नका लागि केन्द्राध्यक्षहरुलाई नियुक्तिपत्र दिनुका साथै अभिमुखीकरण गरिएको हो । जिल्लामा एसइई परीक्षा केन्द्र तोकिएका विभिन्न ९ वटा केन्द्रमा खटाइएका केन्द्राध्यक्षहरुलाई नियुक्तिपत्र वितरण गरिएको शिक्षा विकास तथा […]

म्याग्दीकाे संस्कृत माविबाट एसइईमा ९ विद्यार्थी सहभागी हुने

यही वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा म्याग्दीमा पहिलो पटक संस्कृति विषयतर्फबाट विद्यार्थी सहभागी हुने भएका छन् । बेनी नगरपालिका-९ गलेश्वरस्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले एसइईमा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले जानकारी दिए। यस विद्यालयमा संस्कृत विषयमा समेत अध्यापन हुँदै आएको छ । यसैगरी, […]