प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले खटाएका दुई नेता अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव नेपालसँग आइतवार गरेको छलफलपछि खनाल–नेपाल पक्षका सांसदको राजीनामा आजका लागि टरेको एमाले नेताहरूले बताएका छन् ।
खनाल–नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले आइतवार राजीनामा गर्ने बताएका थिए ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतवार अपराह्न पौडेल र नेम्वाङले नेता नेपालसँग आधा घण्टा कुरा गरेका थिए । राजीनामा बुझाउन भन्दै संसद् सचिवालय सिंहदरबार पुगेका सांसदहरू ...