प्रदेश सरकारले प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतलाई हटाउने प्रक्रिया सुरु गरेको छ । बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री राजन राईले बस्नेतलाई योग्यताबिना नै सदस्य सचिव नियुक्त भएको भन्दै तीन दिनभित्र लिखित जवाफ बुझाउन मंगलबार तीनदिने स्पष्टिकरण सोधेका छन् ।