काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा विचाराधीन विषय संसद्मा उठाएको भन्दै काँग्रेस सांसद अजय चौरसियाको विरोध गरेका छन्।बुधवार प्रतिनिधिसभामा काँग्रेस सांसद चौरसियाले लामिछानेको नागरिकतासम्बन्धी विवादबारे बोलेका थिए। उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन समेत माग गरे।अदालतमा विचाराधीन विषय संसद्मा उठाउन नपाउने भएकाले त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने सभापति लामिछानेको भनाइ थियो। उनले उक्त प्रकरणको सम्पूर्ण