प्रदेश १ सरकारले अघिल्ला सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश कार्यक्रम थपघट गर्ने गरी बजेट पुनरावलोकन गर्ने गृहकार्य सुरु गरेको छ । पाँच दलीय गठबन्धनको सरकारले मङ्सिर महिनाभित्र बजेटमा समावेश कार्यक्रम थपघट गरी आगामी पुस महिनाबाट कार्यान्वयनमा लैजाने गरी बजेट पुनरावलोकन गर्न लागेको हो ।शेरधन राई नेतृत्वको सरकारले ल्याएको बजेट अनुत्पादक क्षेत्रमा विनियोजन भएको बताउँदै त्यस्ता कार्यक्रम खारेज गरी नयाँ कार्यक्रम थपघट गर्ने प्रदेश सरकारको तयारी छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट पुनरा