अनाधिकृत व्यक्तिको पहुँचमा पुग्यो सशस्त्र प्रहरीको फेसबुक पेज

२८ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको फेसबुक पेजमा अनाधिकृत व्यक्तिले पहुँच पुर्‍याएका छन् । मंगलबार बिहान १०:५९ बजे अनाधिकृत व्यक्तिले पहुँच पुर्‍याएर भियतनामी भाषामा एउटा पोष्ट गरेका छन् । त्यसवाहेक पेजमा के–के भएको छ भन्नेबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए । ‘एउटा पोष्ट भएपछि साइबर सेक्सनले अनुसन्धान गरिरहेको छ’, […]

सम्बन्धित सामग्री

के सधैंका लागि बन्द भएको हो रूटिन अफ नेपाल बन्दको फेसबुक पेज ?

नेपालको लोकप्रिय पेज ‘रूटिन अफ नेपाल बन्द’ हराएको छ । सोमबार साँझदेखि रूटिन अफ नेपाल बन्दको फेसबुक पेज, इन्स्टाग्राम, ट्विटरबाट हटेको हो । रूटिन अफ नेपाल बन्द पेज सधैंको लागि बन्द भएको हो वा अस्थायी रूपमा बन्द भएको त्यो भने खुल्न बाँकी छ । तर रूटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेलले फेसबुकमा राखेको एक पोष्ट अनुसार यो अस्थायी रूपमा बन्द भएको जस्तो देखिन्छ ।  पौडेलले...

साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाएर ठगी गर्न खोज्ने पक्राउ

प्रहरीको साइबर ब्यूरोकै नक्कली पेसबुक पेज बनाएर ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्यूरो नेपाल नामको नक्कली फेसबुक पेज बनाएर सर्वसाधरणलाई झुक्याउन खोज्ने चितवन झुवानीका करण महतोलाई प्रहरीले पक्राउ गरेको हो । साइबर ब्यूरोका अनुसार महतोले साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्याउने र उनीहरूसँग जानकारी बटुलेर ठगी गर्ने अभिप्राय राखेको ब्यूरोले जनाएको छ । रत्ननगर नगरपालिका ५ झुवानीका १८ वर्षीय महतोले हालसम्म के कति मानिसलाई झुक्यानमा पारी ठगी

साइबर ब्युराेकै नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

काठमाण्डाै – नेपाल प्रहरीको साइबर ब्युरोकै नक्कली फेसबुक पेज बनाएर ठगीको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । नागरिकलाई झुक्याउने तथा ठगी गर्ने अभिप्रायले साइबर ब्युरो नेपाल नामक नक्कली फेसबुक पेज बनाएर चलाउने चितवनको रत्ननगरको झुवानी टोलका करण महतोलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरखापत्रको फेसबुक पेज ह्‍याक

३० भदौ, काठमाडौं । गोरखापत्रको फेसबुक पेज ह्‍याक भएको छ । सोमबारदेखि गोरखापत्रको फेसबुक पेज ह्‍याक भएको गोरखापत्रका निमित्त प्रधान सम्पादक शिव कुमार भट्टराईले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘सोमबारदेखि गोरखापत्रको फेसबुक पेज एक्कासी ह्‍याक भयो। अहिले हामीले तीन दिनदेखि समाचार पोस्ट हुन पाएको छैन।’ यस विषयमा नेपाल प्रहरीको साइबर ब्‍यूरोमा उजुरी दिइसकेको र […]

राष्ट्रपतिकै फोटो राखेर नक्कली फेसबुक पेज, साइबर ब्युरोले अनुसन्धान गर्दै

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीकै फोटो राखेर नक्कली फेसबुक पेज बनाएको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ । फेसबुकमा अनुदान नामको फेसबुक पेज बनाएर राष्ट्रपतिको फोटो राखेर विभिन्न प्रलोभन देखाउँदै पोस्ट गर्न थालेपछि साइबर ब्युरोले अनुसन्धान थालेको हो । ‘राष्ट्रपतिकै फोटो दुरुपयोग गरेर यसरी गैरकानुनी क्रियाकलाप गरिरहेको थाहा पाउनेबित्तिकै हामीले साइबर ब्युरोलाई अनुसन्धानका लागि आग्रह गरेका छौँ, उहाँहरूले अनुसन्धान गरिरहनुभएको जानकारी प्राप्त भएको छ’, राष्ट्रपछिका सञ्...

एन्फाको आधिकारिक फेसबुक पेज भयो ह्याक

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक फेसबुक पेज ह्याक भएको छ। एन्फाले बिहीवार सूचना जारी गर्दै १ लाख ९० हजार फलोअर्स भएको आफ्नो भेरिफाइड फेसबुक पेज ह्याक भएको जानकारी दिएको हो। आफूहरुको अथक प्रयासका बावजुद पनि फेसबुक पेजमा नियन्त्रण पाउन नसकिएको एन्फाले जनाएको छ। एन्फाले नयाँ फेसबुक पेज पनि…

एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

काठमाडौँ – नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ। बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो। ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ। पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो। तर यसपटक भने एन्फाले पेज फर्काउन […]

एन्फाको फेसबुक पेज ह्याक

अखिल नेपाल फुटबल संघ (एन्फा) को फेसबुक पेज ह्याक भएको छ । एन्फाले आफूले चलाइरहेको फेसबुक पेज ह्याक भएको जानकारी दिएको छ ।एन्फाले सो त्यस फेसबुक पेजमा पहुँच पाउने गरिएको विभिन्न प्रयास असफल भएपछि नयाँ फेसबुक पेज बनाएको जानकारी दिएको छ ।  पुरानो पेजमा पहुँच पाउने प्रयास असफल भएपछि अब त्यस पेसलाई डिलिट गर्ने प्रक्रिया थालेको एन्फाले जनाएको छ।

एन्फाको फेसबुक पेज ह्याकरको कब्जामा

काठमाडौं, १ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ । एन्फाले बिहीबार आधिकारीक वेबसाइट मार्फत यस्तो जानकारी दिएको हो । ‘एन्फा अफिसियल’ नामक नयाँ फेसबुक पेज खोलेको समेत जनाइएको छ । भेरिफाइड भएको दुई लाख बढी फलोअर्स भएको उक्त पेजलाई फिर्ता ल्याउन असफल भएको बताएको छ । पुरानो […]

राष्ट्र बैंकको नाममा अनधिकृत फेसबुक पेज, कारबाही गर्ने चेतावनी

काठमाण्डाै – नेपाल राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाएर भ्रामक सूचना फैलाउनेलाई कारबाही गर्ने बैंकले चेतावनी दिएको छ । राष्ट्र बैंकले सूचना निकालेर अहिलेसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र बैंकबाट कुनै पनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरिएको जनाएको छ । अनधिकृत रूपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी तथा सूचना पोस्ट भइरहेकाेमा गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ । राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोस्ट&nb...