नमस्ते ग्रुपले दियो १०५ घरधुरीलाई राहत सामग्री

जेठ २७, चितवन । चितवनका युवा व्यवसायी तथा पेशाकर्मीको समुह नमस्ते ग्रुपले १०५ ओटा घरधुरीलाई राहत सामग्री वितरण गरेको छ ।  भरतपुर महानगरपालिका-२ स्थित आँपटारीको सुकुम्बासी वस्तीमा उक्त ग्रुपले बिहीवार राहत सामग्री वितरण गरेको हो । ग्रुपले मागेर पनि खान नसक्ने, असहाय, अपांग, बृद्धबृद्धालाई लक्षित गरी चामल,तेल, नुल, दाल तथा सोयाविन दिएको हो । कोरोना महामारीको बेला सामाजिक उत्तरदायित्व बहन गर्दै राहत सामग्री वितरण गरिएको ग्रुपले जानकारी दिएको छ ।  हस्तान्तरण कार्यक्रममा बोल्दै ग्रुपका संयोजक दिपेश श्रेष्ठले शहरको आडैमा  रहेर पनि कोरोना महामारीका बेला हालसम्म यो वस्तीमा कसैको आँखा नपरेकोले सहयोग गरिएको बताए । ‘बत्तीमुनिको अध्याँरो उक्त वस्तीमा धेरै मानिसहरु भोकै रहेको भन्ने हामीले थाहा पायौं’, उनले भने, ‘उहाँहरुको दैनिक जीवन यापन गर्न केही सहज होस भन्ने हेतुले रहात वितरण गरेका हौं ।’ उनका अनुसार हाल उक्त वस्तीमा ३०० भन्दा बढी सुकुम्बासी घरधुरी रहेपनि आगामी दिनमा क्रमश : अन्य घरधुरीलाई पनि वितरण गर्दै लैजाने बताए ।  सो क्रममा बोल्दै चेम्बर अफ कमर्स, चितवनका उपाध्यक्ष गोपाल भट्टराईले व्यवसायी आफैमा मर्कामा परेको बेला नमस्ते ग्रुपका सबै साथीबाट स्वेच्छाले रकम संकलन गरी राहत सामाग्री वितरण गरिएको जानकारी दिए । आगामी दिनमा नमस्ते ग्रुपले व्यवसाय संगै सामाजिक सेवाका कार्यलाई पनि निरन्तरता दिंदै जाने उनको भनाइ छ ।  गतसाता मात्र पोल्ट्री व्यवसायी रानाभाटले आफ्नो जन्मदिनको अवसरमा सोही वस्तीका १५ घरधुरीलाई रकम वितरण गरेका थिए ।  वितरण कार्यक्रममा पोल्ट्री व्यवसायी मनोज रानाभाट, ज्ञानेन्द्र श्रेष्ठ, चेम्बर सदस्य रुवीन रामुदामु लगायत ग्रुपका अन्य  सदस्यहरु चिकित्सक, इञ्जिनीयर, कानून व्यवसायी लगायतको सहभागिता रहेको थियो । नमस्ते ग्रुप ३१ जना विभिन्न उद्योगी व्यवसायी तथा पेशाकर्मीहरुलाई समेटेर स्थापना गरिएको समूह हो । 

सम्बन्धित सामग्री

भारतबाट आयो दोस्रो खेपको नौ टन राहत सामग्री

काठमाडौँ : भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि आपत्कालीन राहत सहयोग सामग्रीको दोस्रो खेप आज हस्तान्तरण गरेको छ।भारत सरकारका तर्फबाट यहाँस्थित राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका प्रमुख प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई राहत सामग्री हस्तान्तरण गरे।अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लिपिङ ब्याग र कम्बल सहितको नौ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगञ्ज ल्याइपुर्‍य

प्यालेस्टाइनको गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुग्यो

प्यालेस्टाइनको गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुगेको छ । असोज २० गते प्यालेस्टाइनको विद्रोही समूहले इजरायलमा आक्रमण गरेयता पहिलोपटक गाजामा राहत सामग्री पुगेको बीबीसीले जनाएको छ । हमास–इजरायल युद्ध शुरु हुनासाथ इजिप्टले सीमा बन्द गरेपछि गाजा क्षेत्रमा राहत सामग्री पुग्न सकेको थिएन । युद्ध शुरु हुनुअघि गाजामा दैनिक पाँच सय ट्रक राहत सामग्री पुग्ने गरेको थियो । ठूलो परिमाणमा राहत सामग्री चाहिने गाजामा २० ट्रक राहत सामग्री समुद्रमा एक थोपा जस्तै हुने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्र...

मेहेलेमा पुग्यो हेलिकोप्टरबाट राहत सामग्री

ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याइएको छ । सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा कोसी प्रदेशबाट केही स्वास्थ्य सामग्री, त्रिपाल तथा नेपाल रेडक्रस सोसाइटीले दिएको कम्बलका साथै लत्ताकपडा, टेन्ट,...

विपद् प्रभावितका लागि हेलिकप्टरबाट राहत सामग्री ढुवानी

पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री र घाइते बिरामीका लागि उपचार सामग्री ढुवानी गर्न थालिएको छ।...

प्रकोप प्रभावितका लागि भारतद्वारा राहत सामग्री सहयोग

काठमाडौँ । भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले […]

प्रकोप प्रभावितका लागि भारतद्वारा राहत सामग्री सहयोग

भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण […]

चेम्बर अफ कमर्शद्वारा अफगानिस्तानका जनतालाई राहत सामग्री सहयोग

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले अफगानिस्तानका जनतालाई राहत सामग्री सहयोग गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्बरका तर्फबाट अफगानिस्तानका जनताको मानवीय सहयोगार्थ २० लाख बराबरको राहत सामग्री आज परराष्ट्रमन्त्री डा नारायण खड्कालाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा परराष्ट्रमन्त्री डा खड्काले राहत सामग्री उपलब्ध गराई मानवीय सहयोग कार्यमा सघाउ पुर्याएको भन्दै नेपाल चेम्बर अफ […]

प्राज्ञिक विद्यार्थी परिषद्ले राहत सामग्री वितरण गर्ने

काठमाडाैं : प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी प्रभावित जिल्लाहरूमा राहत सामग्री वितरण गर्ने भएको छ ।राहत सामग्री वितरण कार्यक्रम भोली शनिबारदेखि सुरु गरिने परिषदले जनाएको छ। भारतीय जनता र सरकारले उपलब्ध गराएको ६ सय थान टेन्ट, ५ सय थान त्रिपाल, स्लिपिङ म्याट ४ हजार र ५ सय परिवारलाई औषधि वितरण गरिनेछ। राहत सामग्री भारतीय दूतावासका डिसिएम नाम्ग्या सि खम्पाले परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाललाई हस्तान्तरण गरे। राहत सामग्री बाढी प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक,दोलखा,

हेलम्बुमा हेलिकप्टरबाट राहत सामग्री लगिँदै

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यमन्त्री शेरबहादुर तामाङको पहलमा आज बाढीपहिरो पीडित हेलम्बुमा राहत सामग्री लिएर सेनाको हेलिकप्टर पठाउने तयारी रहेको छ। सडक भत्किएकाले हेलिकप्टरबाट राहत सामग्री लैजान लागेको बताइएको छ। पीडितलाई अत्यावश्यक त्रिपाल, खाद्यान्न र स्वास्थ्य सामग्री पुर्‍याउन लागेको मन्त्री तामाङको सचिवालयले जानकारी दिएको छ। सबैभन्दा धेरै प्रभावित मेलम्ची क्षेत्रमा राहत सामग्री वितरण र उद्दार कार्य जारी रहेको छ।

राहत सामग्री लिएर गोठीगाउँ गए कर्णालीका कानुनमन्त्री

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी राहत सामग्री लिएर जुम्लाको गोठीगाउँ गएका छन्।