रुसी सैनिकले दोस्रो विश्वयुद्ध यताकै गम्भीर युद्ध अपराध गरेको आरोप युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले लगाएका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकलाई मंगलबार सम्बोधन गर्दै जेलेन्स्कीले रुसी सैनिकले आफ्नो देशमा सर्वसाधारणको हत्या तथा गम्भीर यातना दिएको बताएका हुन् । राजधानी किएभ नजिकको बुचासहितका क्षेत्रमा रुसी सैनिकको आफ्नो ‘विलाशिता’ का लागि सर्वसाधारणमाथि ट्यांक गुडाएको राष्ट्रपति जेलेन्स्कीले […]