बलात्कार मुद्दामा तत्काल हदम्याद हटाउन सक्ने अवस्था छैन : कानुन मन्त्री

काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले बलात्कार तथा यौन हिंसाको घटनामा उजुरी दिने हदम्याद तत्काल हटाउन सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ ।  आज साेमवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले नेपाल कानुन आयोगको अध्ययन प्रतिवेदन नआइ बलात्कार तथा याैन हिंसाकाे घटनामा उजुरी दिने हदम्याद हटाउन नसकिने सरकारको अडान प्रष्ट पार्नुभएकाे हो । उहाँले बलात्कार तथा यौनहिंसाको घटनाबारे सरकार गम्भीर भएको उल्लेख गर्दै आयोगले दिने अध्ययन प्रतिवेदनको आ...