ओली पक्षका पूर्व माओवादीबारे प्रचण्डको टिप्पणी– जनयुद्ध कुहिएको फर्सी भनेको कसरी सुन्न सकेको होला ?

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी शर्मा ओली पक्षमा लागेका पूर्व माओवादी नेताहरूको परिस्थिति देखेर आफूलाई लाज लागेको बताएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई मंगलवार सम्बोधन गर्दै प्रचण्डले जनयुद्धलाई कुहिएको फर्सी भन्ने ओलीको भाषण पूर्व माओवादी नेताले कसरी सुन्न सकेको होला भन्दै आश्चर्य व्यक्त गरेका हुन् । 'जनयुद्धमा लागेका केही साथी केपीसँग जानुभएको छ । मलाई लाज लागेको छ, जनयुद्धलाई कुहिएको फर्सी भनेर भाषण गरेको कसरी...