काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो । हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली आज बस्ने बैठकले निर्णय गर्ने तय गरेको छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।