कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका धामीले छाउपडी नमान्ने प्रतिबद्धता जनाएका छन् । नगरपालिकामा शुक्रवार आयोजना गरिएको छाउपडि प्रथाबिरुद्ध धामी झाँक्रीलाई...
सामान्यतया हामीले छाउपडी प्रथा नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलनमा रहेको देखेका या सुनेका छौं, जहाँ महिला महिनावारीको समय छाउगोठमा बिताउन बाध्य हुन्छन्। हामीलाई थाहा भएसम्म गोठमा गाईवस्तुलाई राखिन्छ तर दुर्भाग्य आज पनि यस क्षेत्रका दिदीबहिनी परम्पराको नाममा गाईवस्तुको हैसियतमा बाँच्न विवश छन्। झन् गर्भवती र सुत्केरी अवस्थामा त गाईवस्तुले जति पनि स्याहारसुसार पाउँदैनन्। महिलामा […]
बझाङ - साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुनुहुन्छ । २६ वर्षीया उहाँले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गर्नुभयो ।
सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गर्नुभएकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका लागि क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गर्नुभयो । उहाँ गएकाे महिनाअघि नै सगरमाथा क्ष...
काठमाडौं । महालक्ष्मी विकास बैंकले छाउपडी प्रथा उन्मूलन अभियानमा आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिममा प्रचलित छाउपडी प्रथा उन्मूलन अभियान चलाइरहेको एक्सन वर्क नेपाललाई बैंकले उक्त सहयोग गरेको हो । छाउपडी प्रथाविरुद्ध जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्ष रूपमा प्रभावितलाई स्वास्थ्य सेवा तथा पोषणसम्बन्धी जानकारी दिन सहयोग रकम खर्च गरिने बैंकले जानकारी दिएको छ । कार्यक्रम बैतडीको दिलासैनी गाउँपालिकामा करीब चार महीना सञ्चालन हुनेछ । उक्त योजनाअन्तर्गत समुदायस्तरमा सचेतनाका कक्षा, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधनको प्रयोग गरी पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड बनाउने तालीम प्रदान गरिने बताइएको छ ।
‘छाउपडी प्रथा’ भनेको महिनावारीको समयमा महिलालाई एकान्तमा राख्ने चलन हो। नेपालको सुदूरपश्चिमका धेरै क्षेत्रमा सामान्यतः छाउपडी प्रथा छ। सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा महिनावारी भएका महिला महिनामा पाँच दिन गोठमा बस्ने गरेका छन्। महिनावारी हुँदा महिला अशुद्ध हुन्छन् भन्ने रुढीवादी सोचले यसलाई बढावा दिएको छ। अछामका विद्यानाथका पुजारी भन्छन्, ‘महिनावारी भएका बेला महिलालाई गोठमा बसाल्ने चलन अनावश्यक […]
सुर्खेत- दैलेखमा बाल विवाह र छाउपडी प्रथा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । जिल्लाको भैरवी गाउँपालिका–२ को पञ्चदेवल मावी र भैरवी गाउँपालिका–५ को हिमालय माविमा सडक नाटक प्रदर्शन गरिएको हो । ‘नगरौँ बिहेको कुरा भएको छैन २० वर्ष पुरा’ र ‘विहेबारी २० वर्ष पारी’ भन्ने नारासहित नाटक प्रदर्शन गरिएको हो । एईआइएन लक्जेम्वर्गको […]
काठमाडौँ,१७ जेठ । कर्णालीमा कुसंस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिएका छन् । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा सुरेन्द डा केसीले बालविवाहमुक्त कर्णाली निर्माणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न जरुरी छ भने । “छाउपडी प्रथाका कारण पनि यहाँका […]
जुम्ला – जुम्लाको हिमा गाउँपालिकाले छोरीलाई सम्पत्ति दिने परिवारलाई सम्मान गरेको छ । महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत\ छोरीलाई पनि छोरा समान सम्पत्ति दिएका र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरेको हो ।
नेपाल सरकारको छोरा छोरी दुवै बराबरी भन्ने सरकारी नारालाई कार्यन्वयन गर्नका लागि छोरीलाई सम्पत्ति दिने र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो ।
छोरा समान छोरीलाई सम्पत्ति दिएकोमा जिरा रोकाया, ...
दैलेख । चार वर्षअघि छाउपडी प्रथा मुक्त भएको आठबीस नगरपालिकाका महिलाहरूले अहिले पनि छाउपडी बार्ने गरेका छन् । ती महिलालाई लाग्छ ‘महिनावारी हुँदा घरभन्दा बाहिर बस्नैपर्छ नत्र देवीदेउता रिसाउँछन्, ज्यानमा बिसञ्चो हुन्छ ।’अन्धविश्वास र जनचेतनाका कमीकै कारण गएको पुसको पहिलो साता कठ्यांग्रिने जाडोमा पनि प्लास्टिक ओढेर ढोको र परालको सहारामा घरबाहिरै रात कटाउन बाध्य थिइन् एक किशोरी ।स्थानीयदेखि जिल्ला तहसम्मका जनप्रतिनिधिसमेतले छाउपडी प्रथा मुक्त गर्ने निर्णय गरे पनि दैलेखका अधिकांश गाउँमा क
सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजश्वला र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनुहुँदैन भन्ने अन्धविश्वास कायम छ । त्यसैले यस्तो बेलामा सुत्केरी वा रजश्वला भएकी नारीलाई घरभन्दा केही पर बनाइएको झुपडीमा बस्न लगाइन्छ । यस्तो गोठलाई छाउपडी कुडी भनिन्छ । छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा […]