नेपाल शिक्षक सङ्घले सबै शिक्षक तथा विद्यालयका कर्मचारीलाई कोरोनाविरुद्धको खोपको तेस्रो मात्रा (बुस्टर डोज) उपलब्ध गराउन सरकारसँग माग गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै लाखौं विद्यार्थीको भविष्य निर्माणका लागि कृतसंकल्पित र क्रियाशील शिक्षक तथा विद्यालय कर्मचारीलाई अग्रस्थानमा काम गर्नेहरुको सूचीमा राखी प्राथमिकताका आधारमा बुस्टर डोज उपलब्ध गराइनुपर्ने बताएको हो ।शिक्षक तथा विद्यालय कर्मचारीका लागि बुस्टर डोज उपलब्ध गराउन शिक्षक सङ्घले नेपाल शिक्षक महासंघसँग अनुरोध गर्नुका साथै सरकारको ध्यानाक