काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देशमा बढिरहेको बालश्रमको सङ्ख्यामा कमी ल्याउने विषय राज्यको दायित्व भएको बताएका छन् । मुलुकमा ११ लाखभन्दा धेरै बालबालिका स्कुल जानबाट वञ्चित रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले सरकार उनीहरूप्रति संवेदनशील हुनुपर्ने बताए । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३४औँ अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा आज आयोजित अन्तरक्रियामा महासचिव भुसालले […]